दफा
समितिको काम, कर्तव्य र अधिकार

४. समितिको काम, कर्तव्य र अधिकार

यस आदेशमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) मानव अङ्ग प्रत्यारोपण सम्बन्धी नीतिका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(ख) समितिको योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(ग) मानव अङ्ग प्रदान तथा ग्रहण गर्ने व्यक्तिको पुनस्र्थापनाको लागि आवश्यक पर्ने स्वास्थ्य सेवा सर्वसुलभ रुपमा प्रदान गर्ने व्यवस्था मिलाउने,
(घ) मानव अङ्ग बिग्रनबाट जोगाउन आवश्यक निदान, उपचार तथा रोकथाम गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने,
(ङ) मानव अङ्ग प्रत्यारोपणसँग सम्बन्धित काम गर्ने विभिन्न निकायसँग सहकार्य तथा समन्वय गर्ने,
(च) मानव अङ्ग प्रत्यारोपण र उपचारको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्ने, गराउने,
(छ) समितिबाट प्रदान गरिने सेवा बापत लिने शुल्क निर्धारण गर्ने,
(ज) निशुल्क तथा कम शुल्कका शैयाको संख्या र त्यस्तो शुल्कको दर निर्धारण गर्ने,
(झ) आर्थिक दृष्टिले असक्षम मानिएका बिरामीको लागि कम शुल्क लिई वा निशुल्क उपचारको व्यवस्था गर्ने सम्बन्धमा मापदण्ड
बनाउने,
(ञ) मानव अङ्ग प्रत्यारोपण सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने,
(ट) समितिका कर्मचारीको क्षमता अभिबृद्धि सम्बन्धी तालीम सञ्चालन गर्ने, गराउने,
(ठ) मानव अङ्ग प्रत्यारोपण सम्बन्धी काममा संलग्न कर्मचारीलाई विशेष तालीम उपलब्ध गराउन मन्त्रालय समक्ष सिफारिस
गर्ने,
(ड) मानव अङ्ग प्रत्यारोपण सम्बन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गोष्ठी तथा सेमिनार आयोजना गर्र्नेे,
(ढ) समितिको वार्षिक बजेट स्वीकृत गर्ने, ,
(ण) समितिको भौतिक सम्पत्तिको संरक्षण तथा मर्मत सम्भार गर्ने,
(त) समितिबाट प्रदान गरिने सेवाको सञ्चालन, सुधार र विस्तारका लागि आवश्यक पर्ने स्रोत र साधनको पहिचान तथा खोजी गर्ने,
(थ) मानव अङ्ग प्रत्यारोपण सम्बन्धी अन्य कार्य गर्ने, गराउने ।